AarthikBikash
मङ्लबार, अशोज १३, २०८३
  • होमपेज
  • राजनीति
  • ठग, अराजक र भ्रष्टचारी भिआइपी हुँदैन, गल्ती गरे कारबाही हुनुपर्छ : गगन थापा

ठग, अराजक र भ्रष्टचारी भिआइपी हुँदैन, गल्ती गरे कारबाही हुनुपर्छ : गगन थापा

  • शुक्रबार, माघ २६, २०८०
ठग, अराजक र भ्रष्टचारी भिआइपी हुँदैन, गल्ती गरे कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठग, अराजक र भ्रष्टचारी कोही पनि भिआइपी नहुने बताएका छन् ।

कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले शुक्रबार गरेको सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताउँदै कारबाहीको दायरामा ल्याउनुपर्ने टिप्पणी गरेका हुन् ।

उनले जतिसुकै शक्तिशाली भए पनि गल्ती गरेका छन् भने कारबाही हुनुपर्ने धारणा राखे । ‘भ्रष्टचारी भिआइपी हुँदैन, ठग भिआइपी हुँदैन, अराजक भिआइपी हुँदैन,’ उनले भने, ‘सबै बराबर हुन्छ, जतिसुकै शक्तिशाली होस् कोही भिआइपी छैन यहाँ ।’

यस्तै उनले नक्कली कागज बनाएर नागरिकता बनाउनेलाई पाता कसेर लैजानुपर्ने बताए ।

सम्बन्धित समाचार