AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

  • मङ्लबार, फाल्गुन ८, २०८०
मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताएका हुन् ।  स्वच्छचारी ढंगले मानवताविरुद्धको अपराधमा सजाय घटाउने कार्य भएको भन्दै उनले यसप्रति आपत्ति जनाए ।

पीडितको पक्षमा आफूहरु रहेको भन्दै उनले पीडितलाई केन्द्रमा राखेर शान्तिप्रक्रिया टुंग्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार