AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सशस्त्र प्रहरीका डीएसपीलाई एक वर्ष कैद सजाय माग गरी मुद्दा दायर

सशस्त्र प्रहरीका डीएसपीलाई एक वर्ष कैद सजाय माग गरी मुद्दा दायर

  • आइतवार, फाल्गुन १३, २०८०
सशस्त्र प्रहरीका डीएसपीलाई एक वर्ष कैद सजाय माग गरी मुद्दा दायर

काठमाडौं-रेष्टुरेन्टमा महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।

डीएसपी तुलसिंह केसीविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको हो । उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए ।

एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्बिर तथा भिडियो खिचेका थिए। युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् ।

पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएका हुन् ।

पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर मदिरा पिएका थिए । मदिराकै नशामा उनले त्यस्तो हर्कत गरेका हुन् ।

मुलुकी अपराध संहिताको दफा १२१ अनुसारको कसुरअनुसार उनीविरुद्ध मुद्दा दायर भएको छ । जसमा अश्लील सामाग्री प्रचार प्रसार गर्न नहुने प्रावधान छ । यस्तो अपराधमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।

Facebook Comments

सम्बन्धित समाचार