AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • खेलकुद
  • नेदरल्याण्ड्ससँग नेपाल दुई रनले पराजित

नेदरल्याण्ड्ससँग नेपाल दुई रनले पराजित

  • बुधबार, फाल्गुन १६, २०८०
नेदरल्याण्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाडौं- त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको छ ।बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो ।नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए ।नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।बलिङममा नेपालका करण केसी र कुशल मल्लले एकएक विकेट लिएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो। मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो। अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।

Facebook Comments

सम्बन्धित समाचार