AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा जारी

कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा जारी

  • बिहिबार, फाल्गुन २४, २०८०
कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा जारी

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसदको ल्होत्से हलमा बसिरहेको हो।बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बसेपछि ९ बजेपछि संसदीय दलको बैठक सुरु भएको थियो ।दलको बैठकमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतबाट खेल्नुपर्ने भूमिका तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे राख्नुपर्ने विषयवस्तुबारे आफ्ना सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार