AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • जसपाका दुई मन्त्रीले लिए शपथ

जसपाका दुई मन्त्रीले लिए शपथ

  • आइतवार, फाल्गुन २७, २०८०
जसपाका दुई मन्त्रीले लिए शपथ

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् बिस्तार भएको हो ।

आइतबार नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साहले शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए ।

यससँगै प्रचण्डको नेतृत्वको मन्त्रिपरिषद् २१ सदस्यीय भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार