AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • बालुवाटारमा प्रचण्ड, गगन र सिटौलाबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड, गगन र सिटौलाबीच भेटवार्ता

  • मङ्लबार, चैत्र २७, २०८०
बालुवाटारमा प्रचण्ड, गगन र सिटौलाबीच भेटवार्ता

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् ।

संसदीय दलको बैठक सकेर उनीहरू बालुवाटार पुगेका छन् । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।

तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार