mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • एमाले अध्यक्ष ओलीको प्रश्न : शीतल निवासको जागिरेलाई देशलाई हेप्ने आँट कसरी आयो ?

एमाले अध्यक्ष ओलीको प्रश्न : शीतल निवासको जागिरेलाई देशलाई हेप्ने आँट कसरी आयो ?

  • शनिबार, बैशाख २९, २०८१
एमाले अध्यक्ष ओलीको प्रश्न : शीतल निवासको जागिरेलाई देशलाई हेप्ने आँट कसरी आयो ?

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

पार्टी निकट बुद्धिजीवी परिषद्को शनिबार भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयपछि विवादित अभिव्यक्ति दिएका नेपालप्रति अध्यक्ष ओली खनिए।

अध्यक्ष ओलीले भने, ‘नेपालले नेपालको नक्सा राखेर नयाँ नोट छाप्ने भयो, आफ्नो देशको नक्सा सधैं झैं राख्ने भयो, अर्को देशलाई टाउको दुख्यो । नेपालले नेपालको नोटमा नेपालको नक्सा किन राख्यो भन्दै अर्को देश । यहाँ राष्ट्रपतिको विज्ञ सल्लाहकार भनिएको एउटा जागिरे यस्तो नक्सा राख्न पाइन्छ भनेर बोलीमा लोली मिलाउँछ । ’

नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितका विपरीत अभिव्यक्ति दिएकोमा अध्यक्ष ओलीले आपत्ति जनाए ।

सम्बन्धित समाचार