AarthikBikash
शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक

  • मङ्लबार, जेष्ठ १, २०८१
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं – बागमती नदीमा सुक्खा समयमा बहाव सुनिश्चित गर्न काठमाडौं उपत्यका वरिपरिका स्थानमा जलपुनर्भरण केन्द्र निर्माण गर्ने घोषणा भएको छ ।

आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत सरकारले बागमती नदीमा आवश्यक पूर्वाधार निर्माण गरेर पर्यावरणीय सुधार गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा फोहोर वर्गीकरणमा प्रोत्साहन गर्ने घोषणा गर्दै बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न सरोकारवालाको सहभागितामा अधिकार सम्पन्न संयन्त्र निर्माण गर्ने पनि उल्लेख छ ।

त्यस्तै, शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने राष्ट्रपति पौडेलले बताए ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावलीमा शिक्षकहरूले कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, शिक्षकहरू विभिन्न दलको कार्यकारिणी समितिमा, महाधिवेशन प्रतिनिधि, दलको सदस्यता लिने जस्ता कार्यमा संलग्न हुँदै आएका छन् ।

यसलाई निरुत्साहित गर्नका लागि शिक्षा मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्न निर्देशन दिइसकेको छ ।

सोही आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै दलको सदस्यता लिएका शिक्षकहरूमाथि छानबिन गर्न निर्देशन दिइसकेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार