काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) स्वदेश फर्किएका छन् ।
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर मेयर बालेन आज स्वदेश फर्किएका हुन् ।
बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।
स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त जानकारी दिएका छन् ।
निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो ।
मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् ।
मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तराष्ट्रिय संस्था हो ।