кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, असार २१, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • सशस्त्रका असई थमन विकको हत्यामा संलग्न पूर्वप्रदेश सांसद यादव पक्राउ

सशस्त्रका असई थमन विकको हत्यामा संलग्न पूर्वप्रदेश सांसद यादव पक्राउ

  • आइतवार, असार १६, २०८१
सशस्त्रका असई थमन विकको हत्यामा संलग्न पूर्वप्रदेश सांसद यादव पक्राउ

काठमाडौं– सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका-५ पोखरीभण्डाबाट पक्राउ गरेको हो ।

पूर्वप्रदेश सांसद यादवलाई असई विकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए ।उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो ।

सम्बन्धित समाचार