mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र

एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र

  • सोमवार, असार १७, २०८१
एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र

काठमाडौं– नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हिजो सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ ।प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य २९९ र केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सचिवालयको निर्णय छ । साथै अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति छ ।एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसाल उठ्ने चर्चा भइरहेको छ ।तर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले दाबी गरेका छन् ।महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

सम्बन्धित समाचार