AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • डेंगु संक्रमणबाट एक जनाको मृत्यु,सतर्कता अपनाउन आग्रह

डेंगु संक्रमणबाट एक जनाको मृत्यु,सतर्कता अपनाउन आग्रह

  • मङ्लबार, साउन २२, २०८१
डेंगु संक्रमणबाट एक जनाको मृत्यु,सतर्कता अपनाउन आग्रह

काठमाडौं – डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) का अनुसार डेंगु सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

नेपालमा हालसम्म यस वर्ष २ हजार ३६५ जनामा सङ्क्रमण देखिएको थियो । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौँ जिल्लाका छन् ।

काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार