AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • पहिरोले बडिगाडमा चार घर पुरिए, एक जनाको मृत्यु

पहिरोले बडिगाडमा चार घर पुरिए, एक जनाको मृत्यु

  • मङ्लबार, साउन २२, २०८१
पहिरोले बडिगाडमा चार घर पुरिए, एक जनाको मृत्यु

काठमाडौं– बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।बडिगाड गाउँपालिका–१० दर्लिङमा तीन वटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए ।– रासस

Facebook Comments

सम्बन्धित समाचार