mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा: पाइलटसहित पाँच जनाकाे मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा: पाइलटसहित पाँच जनाकाे मृत्यु

  • बुधबार, साउन २३, २०८१
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा: पाइलटसहित पाँच जनाकाे मृत्यु

काठमाडौं-काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा क्याप्टेन सहित चार विदेशी नागरिककाे मृत्यु भएकाे छ।

जिल्लकाे शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट पाँच जनाकाे शव संकलन गरिएकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। अन्य चारजना चिनियाँ नागरिक रहेकाे बताइएकाे छ। एसपी कोइरालाका अनुसार मृतकमा चारजना पुरुष र एकजना महिला छन्।

हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

सम्बन्धित समाचार