AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कोरोना बीमाको रकम माग गर्दै सर्वोच्चमा मुद्दा

कोरोना बीमाको रकम माग गर्दै सर्वोच्चमा मुद्दा

  • आइतवार, भदौ २३, २०८१
कोरोना बीमाको रकम माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं-नेपाल बीमक संघले सरकारविरुद्ध मुद्दा दायर गरेको छ । कोरोना बीमा बापतको दाबी भुक्तानी गर्न माग गर्दै संघले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

कोरोना बीमा बापतको दाबी भुक्तानी माग गरेको ४ वर्ष हुँदा पनि अझै एक लाखभन्दा बढी बीमितले भुक्तानी पाएका छैनन् । उनीहरूले ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी नपाएका हुन् । सो भुक्तानी नेपाल सरकारले दिनुपर्ने हो । सरकारले बीमा कम्पनीहरूलाई करिब २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार