AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • आजदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

  • बिहिबार, अशोज ३, २०८१
आजदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

काठमाडौं-संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा आएको छ । सरकारको निर्णय अनुसार आजदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो ।

अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका थिए । त्यसक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए ।

अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । २०७८ साल वैशाख ११ मा केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन ।

Facebook Comments

सम्बन्धित समाचार