AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने चितवन प्रहरीको निर्णय

रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने चितवन प्रहरीको निर्णय

  • मङ्लबार, अशोज ८, २०८१
रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने चितवन प्रहरीको निर्णय

काठमाडौं– चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने निर्णय गरेको छ । तत्काल प्रमाण नपुगेको भन्दै चितवन प्रहरीले पछि थप प्रमाण भेटिएका बेला मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।जिबी राई समूहले चितवनमा चलाएको सहारा चितवन सहकारीको हिनामिना मुद्दामा जाहेरी दर्ता भएको एक वर्षपछि प्रहरीले अनुसन्धान टुंगाएको हो ।मुद्दाको हदम्याद अुनसार बुधबारभित्र अभियोग दायर गरिसक्नुपर्ने हुन्छ । सोहीकारण सोमबार नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।तत्कालका लागि जिबी राई लगायत सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको छ । प्रहरी स्रोतका अनुसार अभियोगपत्रमा रवि लामिछाने र छवि जोशीको नाम पनि छ । तर, उनीहरुको हकमा थप प्रमाण खुलेको बखतमा मुद्दा चलाउने उल्लेख छ ।

पोखराको सूयदर्शन सहकारीको ठगी मुद्दामा छवि सोमबार पक्राउ परिसकेका छन् । उनको बयानपछि प्रहरीले रविलाई पनि पक्राउ गर्ने तयारी गरेको छ । रवि लामिछाने सञ्चालक रहेको गोर्खा मिडियामा जिबी राई समूहले चलाएको पाँच वटा सहकारीबाट पैसा गैरकानुनी रुपमा गएकाले सोही आधारमा उनीमाथि समेत छानविन हुन लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार