AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • राजनीति
  • परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता

  • मङ्लबार, अशोज ८, २०८१
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा विचार विमर्श भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार