AarthikBikash
शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

  • शुक्रबार, अशोज ११, २०८१
सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

काठमाडौं-सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर भारतबाट पक्राउ परेका छन् ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ परेका हुन् ।

मेयर नेपाली सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका थिए ।

उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

मेयर नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी फरार रहेका थिए ।

उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

Facebook Comments

सम्बन्धित समाचार