mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • बाढी पीडितलाई आवास निर्माणका लागि तत्काल पहिलो किस्ता उपलब्ध गराउछौं : गृहमन्त्री लेखक

बाढी पीडितलाई आवास निर्माणका लागि तत्काल पहिलो किस्ता उपलब्ध गराउछौं : गृहमन्त्री लेखक

  • मङ्लबार, अशोज १५, २०८१
बाढी पीडितलाई आवास निर्माणका लागि तत्काल पहिलो किस्ता उपलब्ध गराउछौं : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश दिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।मन्त्रिपरिषद् बैठकले गरेको बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको उनले बताए । सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको गृहमन्त्री लेखकले बताए।

स्थनीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने गरी काम अगाडी बढेको गृहमन्त्री लेखकले बताए । प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ । अहिले अस्थायी आवासका लागि रकम पाएकाले पछि स्थायी आवासका लागि समेत सहयोग पाउने र यसबारे पछि निर्णय गरिने गृहमन्त्री लेखकले बताए।

सम्बन्धित समाचार