AarthikBikash
शुक्रबार, मंसिर १२, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने

  • शुक्रबार, मंसिर १२, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले शुक्रबार पनि बैठक बस्न लागेको हो ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहीबारको बैठकमा ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।

बाँकी सदस्यहरूले पनि धारणा राख्ने क्रम जारी रहेकाले बैठक शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने दुलालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार