mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छ : शेखर कोइराला

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छ : शेखर कोइराला

  • सोमवार, अशोज २१, २०८१
कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छ : शेखर कोइराला

काठमाडौं-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन्।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

नेता कोइरालाले भने,‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख दुःखमा पनि पुग्नुस् ।’

नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता एवम् कार्यकर्ताहरूलाई आग्रह गरे।

कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औँ महाधिवेशन पर्खनुपर्ने बताए ।

सम्बन्धित समाचार