AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो

  • सोमवार, अशोज २१, २०८१
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो

काठमाडौंं-बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् ।

मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार