काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका स्वीकृत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर १७ देखि ५ दिने चीन भ्रमण गर्नेगरी तालिका स्वीकृत भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट जाने छन् ।