mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • चितवन राइनोजविरुद्ध विराटनगरको फराकिलो जित

चितवन राइनोजविरुद्ध विराटनगरको फराकिलो जित

  • शुक्रबार, मंसिर २८, २०८१
चितवन राइनोजविरुद्ध विराटनगरको फराकिलो जित

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो।

विराटनगरले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउनसक्यो।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे।

जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनायो।

चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे।

विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे।

सम्बन्धित समाचार