mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • देउवा, ओली र प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको कुन फाइल खोल्ने हो खोलौँ : गगन थापा

देउवा, ओली र प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको कुन फाइल खोल्ने हो खोलौँ : गगन थापा

  • बिहिबार, पुस १८, २०८१
देउवा, ओली र प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको कुन फाइल खोल्ने हो खोलौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेरादरबार, ललितानिवास, गिरिबन्धु प्रकरणको फाइल खोल्न माग गरेका छन् ।बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले उक्त माग राखेका हुन् ।उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन गरेर सबै प्रकरणको छानबिन गर्न आवश्यक देखिएको बताए ।

महामन्त्री थापाले भने, ‘भष्ट्राचारका कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसयो। शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ ।’ महामन्त्री थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्ने महामन्त्री थापाको भनाई छ । सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताए ।

सम्बन्धित समाचार