mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कांग्रेस : एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको माओवादीको आरोप

कांग्रेस : एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको माओवादीको आरोप

  • बिहिबार, पुस १८, २०८१
कांग्रेस : एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको माओवादीको आरोप

काठमाडौं– नेकपा माओवादी केन्द्रले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठूला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् ।उनले भने–‘संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस र एमालेलाई सत्ता चाहिएको छ । तर पनि हाम्रो चाहना संविधान संशोधन होइन त्यसलाई कार्यान्वयन गर्नु रहेको छ । यदि साँच्चिकै अब संविधान संशोधन हुनुपर्छ भन्ने उहाँहरुको चाहना हो भने अब नयाँ शिराबाट सोच्नुपर्छ । यथास्थितिमा संविधान संशोधन हुन सक्दैन ।’

उनले संविधान संशोधन अग्रगमन, परिवर्तन र जनताका अधिकारका लागि अझ विकास र विस्तार गर्नका लागि आवश्यक भएको बताए । तर अहिलेको आवश्यकता संविधान संशोधन हो कि संविधानको मर्म अनुसार कार्यान्वयनको आवश्यकता त्यसमा दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार