AarthikBikash
शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

  • बिहिबार, पुस २५, २०८१
सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ । सभापति लामिछानेसमेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना रहेको छ ।

बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो । उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्की स्रोतले बतायो ।

लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर र आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् । उनीहरुविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार