AarthikBikash
बुधबार, माघ २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रविमाथिको मुद्दामा आज पनि थुनछेक बहस, आजै फैसला आउन सक्ने

रविमाथिको मुद्दामा आज पनि थुनछेक बहस, आजै फैसला आउन सक्ने

  • बुधबार, माघ २, २०८१
रविमाथिको मुद्दामा आज पनि थुनछेक बहस, आजै फैसला आउन सक्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा उनीमाथि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भइरहेको हो ।

गत सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सार्वजनिक बिदा भएकाले आज फेरि बहस हुन लागेको हो । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।

थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै बसेर कानुनी लडाइ लड्ने भन्ने आदेश आउन सक्ने जनाइएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार