काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन् ।
प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले यस्तो बताएका हुन् ।
उनले माधव नेपालले एमाले फुटाएर माधवले ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताए ।
माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले बताए।