काठमाडौं – आज काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।
बिहान काठमाडौँको वायु प्रदूषण १७६ एक्यूआई मापन गरिएको हो । दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका पहिलो स्थानमा रहेको छ। बिहानसम्म ढाकाको वायु प्रदूषण २०४ एक्यूआई मापन गरिएको छ ।
भने, भारतको नयाँ दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ। १९९ एक्यूआईसहित नयाँ दिल्ली दोस्रो स्थानमा रहेको हो।
त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।