mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • राजनीतिक दलको राजा होइन देशको राजा खोजेका हौँ : अध्यक्ष लिङदेन

राजनीतिक दलको राजा होइन देशको राजा खोजेका हौँ : अध्यक्ष लिङदेन

  • शनिबार, फाल्गुन २४, २०८१
राजनीतिक दलको राजा होइन देशको राजा खोजेका हौँ : अध्यक्ष लिङदेन

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले दलको राजा नभई देशको राजा खोजेको बताएका छन्।

शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका थिए।

उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन्।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीतिभन्दा धेरै माथिको संस्था भएको बताएका छन्। उनले अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए। आफूहरूले राजनीतिक दलको राजा नभई देशको राजा स्थापित गर्न खोजेको बताए।

लिङदेनले भने‚ ‘राजाले पहाडमा नभएर मधेशको जनताले रोजगारी पाओस्। मधेशको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेका उद्योगधन्दा बेचेर खाए। कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डमा उनीहरूको नाम मुछिएको छ। त्यस्ता नेताहरू अहिले चुनाव लड्न आऊ भनेर राजालाई ललकार्दै छन्। म भन्छु- तपाईंहरूसँग चुनाव हामी लड्छौँ। राजाले चुनाव लड्ने होइन। चुनाव लड्नका लागि हामी जस्ता मानिसहरू छौँ। हामीले खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन। राजनीतिक दलको राजा होइन, देशको राजा खोजेको हो। राजा राजनीतिक दल र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।’

अध्यक्ष लिङदेनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए। अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने माग आफ्नो पार्टीको रहेको स्पष्ट पारे।

सम्बन्धित समाचार