AarthikBikash
सोमवार, फाल्गुन २६, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

  • शनिबार, फाल्गुन २४, २०८१
प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच शनिबार साँझ भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

देशमा पछिल्लो समय राजतन्त्रको माग गर्दै प्रदर्शन र आन्दोलन भइरहेका छन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने अघिल्लो दिन प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनलाई विमान स्थलमा राप्रपाले भव्य स्वागत गर्ने तयारी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार