mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • दलगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको पक्षमा अगाडि बढौं : देउवा

दलगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको पक्षमा अगाडि बढौं : देउवा

  • सोमवार, बैशाख १, २०८२
दलगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको पक्षमा अगाडि बढौं : देउवा

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको पक्षमा आ-आफ्ना दलगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताएका हुन्।

‘नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको छ ।’ उनले भनेका छन्,‘यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकबासी र लोकतन्त्रको पक्षमा आ-आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ ।’

आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साहका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ। सन्देशमा भनिएको छ, ‘नयाँ वर्ष २०८२ ले हामी नेपाली बीचको एकतालाई अझ बढी मजबुत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सकोस् भन्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित समाचार