AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • शिक्षा ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ

शिक्षा ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ

  • सोमवार, बैशाख १, २०८२
शिक्षा ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ

काठमाडौं – नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा प्रर्दशन गरेका छन् ।

सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति नजुटेपछि शिक्षकहरु नयाँ वर्षको पहिलो दिन पनि माइतीघर–बानेश्वर सडकमा प्रर्दशन गरिरहेका हुन् ।

 

सोमबार प्रदर्शनको १३औं दिन हो । विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन नलिई नफर्किने अडान लिएका छन् ।

नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गरेको शिक्षक महासंघले जनाएको छ ।

शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार