mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • गुणाकर भट्टविरूद्धको रिट हेर्न नभ्याइनेमा

गुणाकर भट्टविरूद्धको रिट हेर्न नभ्याइनेमा

  • आइतवार, बैशाख ७, २०८२
गुणाकर भट्टविरूद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं-गभर्नरको उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुग्ने दाबी गरी हालिएको रिट सर्वोच्च अदालतले आज हेर्न नभ्याउने भएको छ।

आइतबार न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा गभर्नर विवादसम्बन्धी रिट परेको थियो।

उक्त रिट अन्तिमतिर परेकाले हेर्न नभ्याइनेमा राखिएको हो।

अधिवक्ता विशाल थापाले शुक्रबार नै गुणाकर भट्टलाई सरकारले गभर्नर बनाउन लागेको तर उनको योग्यता नै नपुग्ने दाबीसहित पूरक निवेदन दिएका थिए।

अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी आइतबार छलफलका लागि दुबै पक्षलाई बोलाएको हो।

सम्बन्धित समाचार