काठमाडौं-रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मु्सलमानको इजलासमा सुनुवाइ सकिएको हो ।
रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ । यसअघि सोमबार सुनुवाइका लागि पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो।
आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेकी थिइन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। सोही आदेशबमोजिम लामिछाने हाल भैरहवा कारागारमा छन् ।