AarthikBikash
शनिबार, अशोज १०, २०८३
  • होमपेज
  • राजनीति
  • रविलाई भेटेपछि हृदयश त्रिपाठीले भने : प्रतिशोधको शिकार रविजी न्यायको पर्खाइमा हुनुहुन्छ

रविलाई भेटेपछि हृदयश त्रिपाठीले भने : प्रतिशोधको शिकार रविजी न्यायको पर्खाइमा हुनुहुन्छ

  • आइतवार, बैशाख २१, २०८२
रविलाई भेटेपछि हृदयश त्रिपाठीले भने : प्रतिशोधको शिकार रविजी न्यायको पर्खाइमा हुनुहुन्छ

काठमाडौं-जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसंग भैरहवा कारागार गएर भेटेका छन् ।

उनले  लामिछाने न्यायको पर्खाइमा रहेको बताएका छन् ।

लामिछानेसंगको भेट पछि त्रिपाठीले फेसबुकमा लेखेका छन् ,‘पूर्व उपप्रधानमन्त्री रवि लामिछानेजी सँग हिजो भैरहवा कारागारमा भेट भयो । प्रतिशोधको शिकार रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ। खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दैछन। रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ। भाइ देर है अन्धेर नहि – चेतना भया।’

सम्बन्धित समाचार