AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • सरकारलाई सांसद सिंहको प्रश्न : भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

सरकारलाई सांसद सिंहको प्रश्न : भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

  • सोमवार, बैशाख २२, २०८२
सरकारलाई सांसद सिंहको प्रश्न : भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं-प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा सोमबार भएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै स्वतन्त्र सांसद सिंहले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले भुटानी शरणार्थी प्रकरणकै कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ? वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको बताएका उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरे ।

सम्बन्धित समाचार