mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित

  • मङ्लबार, भदौ १०, २०८२
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित

काठमाडौं-नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित निकालेको छ ।

मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले पराजित गरेको हो । यसअघि मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो ।

दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए । गुलसन झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए । बलिङमा एसिटीका इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबेले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन बनाएको थियो । एसिटीका लागि निक ब्रोएसले १६ रन बनाए ।

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले चार चार तथा कप्तान रोहितकुमार पौडेल र गुलसन झाले एक एक विकेट लिए ।

यसअघि पहिलो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल ४१ रनले विजयी भएको हो ।

सम्बन्धित समाचार