mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मन्त्री बन्ने अवसर गुमाएका खगेन्द्र सुनार राजनीतिक पार्टी खोल्दै

मन्त्री बन्ने अवसर गुमाएका खगेन्द्र सुनार राजनीतिक पार्टी खोल्दै

  • सोमवार, कार्तिक १८, २०८२
मन्त्री बन्ने अवसर गुमाएका खगेन्द्र सुनार राजनीतिक पार्टी खोल्दै

काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने अन्तिम तयारीमा रहेर पनि अन्तिम समयमा सूचीबाट नाम काटिएका दलित अधिकार अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सुनारले सामाजिक सञ्जालमार्फत आफू राजनीतिक दल गठनको तयारीमा रहेको जानकारी दिँदै पार्टीको नाम, झन्डा, चुनाव चिन्ह र एजेन्डाबारे सुझाव मागेका छन् ।

उनले लेखेका छन्, “हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठीक होला ? तपाईंको सुझाव के छ ?” भन्दै पार्टीमा आबद्ध हुन इच्छुकहरूलाई पनि सम्पर्कमा आउन आग्रह गरेका छन्।

यही कात्तिक ९ गते अन्तरिम सरकारमा मन्त्री बन्ने अन्तिम तयारीमा रहेका सुनारको नाम, मुद्दासम्बन्धी विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले अन्तिम समयमा सूचीबाट हटाएकी थिइन् ।

अन्तरिम सरकार गठनपछि प्रतिनिधि सभा विघटन र आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा भएपछि नयाँ राजनीतिक दल दर्ता गर्ने क्रम तीव्र बन्दै गएको छ।

सम्बन्धित समाचार