काठमाडौं-नेकपा एमालेले विघटित संसदीय दलको बैठक आह्वान गरेको छ ।
एमालेले आगामी मंसिर २ गतेका लागि संसदीय दलको बैठक आह्वान गरेको हो ।
विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने तयारी गरिएको छ।
बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितिका बारेमा छलफल हुनेछ ।
एमालेले निरन्तर प्रतिनिधि सभा विघटनको विरोध गर्दै आइरहेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै त्यसको विरोध जनाएको थियो।
साथै प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा रहेको समेत बताउँदै आइरहेको छ ।