mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • एसिसी यू–१९ प्रिमियर कप : यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्दै, नेपाल च्याम्पियन बन्ने लक्ष्यमा

एसिसी यू–१९ प्रिमियर कप : यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्दै, नेपाल च्याम्पियन बन्ने लक्ष्यमा

  • सोमवार, मंसिर १६, २०८२
एसिसी यू–१९ प्रिमियर कप : यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्दै, नेपाल च्याम्पियन बन्ने लक्ष्यमा

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा उपाधिका लागि नेपालले आज यूएईविरुद्ध टस जितेर पहिला बलिङ गरिरहेको छ । यूएईलाई हराएर आज च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दै छ ।

उपाधि भिडन्त आअहिले अजमानस्थित करवान मैदानमा खेल भइरहेको छ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदै छ ।

सम्बन्धित समाचार