काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो ।नेपाल समूह चरणबाट बाहिरिसकेको छ । नेपाली क्रिकेट टोलीको यस पटकको विश्वकप यात्रा सुखद हुन सकेन ।
कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जीत निकाल्दै इंग्ल्याण्ड ६ अङ्कसहित समूह ‘सी’बाट सुपर एटमा पुगेका छन् ।