AarthikBikash
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • बिहिबार, फाल्गुन ७, २०८२
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।

बिहीबार उपाध्यक्ष विष्णु पौडेललाई लिएर ओली प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।

भेटमा समसामयिक विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

साथै ओलीले चुनावका लागि आवश्यक सुरक्षामा ध्यान दिन प्रधानमन्त्री कार्कीसंग आग्रह गरेका छन्।

यसअघि माघ २२ गते पनि ओली र कार्कीबीच करिब २ घण्टा वार्ता भएको थियो।

उक्त भेटमा ओली कार्कीसँग समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका थिए ।

सम्बन्धित समाचार