AarthikBikash
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • राजनीति
  • देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍यायौँ : रवि लामिछाने

देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍यायौँ : रवि लामिछाने

  • शनिबार, फाल्गुन ९, २०८२
देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍यायौँ : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले इमानदारितापूर्वक काम गर्न खोजे पनि त्यो अवसर नदिइएको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

मतदातासँग भावुक अपिल गर्दै उनले भने, ‘दुख मैले पाए पनि आँखा तपाईँका भिजेका छन् । घाउ मलाई लागे पनि पीडा तपाईँलाई छ। तर त्यति दुख्नै पर्थ्यो मलाई । आराम खोजेको भए सरकार ढल्न दिइँदैन थियो, छलेका पैसामा भाग खोजिन्थ्यो होला ।

यो अवधिमा आफूले दुःख पाएको सभापति लामिछानेको भनाइ छ। भ्रष्टाचारको पैसामा भाग नखोजेकाले सरकार ढालेको र आफूलाई दुःख दिएको उनको आरोप थियो।

लामिछानेले देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको बताएका छन्।

जेनजी आन्दोलनमा ठुला दलका नेता भाग्नुपरेको इंगित गर्दै उनले भने- ‘देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ। हामीले भाग खोजेनौँ, तर देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याउने गरी काम गर्‍यौँ ।’

सम्बन्धित समाचार