AarthikBikash
शुक्रबार, चैत्र २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

  • शुक्रबार, चैत्र २०, २०८२
एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा बिहीबारको प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता समेत रहेका रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका थिए ।

संसदमा उनको अभिव्यक्तिबारे उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका थिए ।

सम्बन्धित समाचार