AarthikBikash
बुधबार, चैत्र २५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारले बढायो गाडी भाडा

सरकारले बढायो गाडी भाडा

  • बुधबार, चैत्र २५, २०८२
सरकारले बढायो गाडी भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ । विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको विभाग स्रोतले बतायो । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ।

सम्बन्धित समाचार