AarthikBikash
बुधबार, बैशाख २, २०८३
  • होमपेज
  • राजनीति
  • आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री बालेन

आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री बालेन

  • बुधबार, बैशाख २, २०८३
आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्दै छन् ।

मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्नेछन् ।

बालेनले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरेका थिए ।

जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यो अन्तरक्रिया गर्न लागिएको बताइएको छ ।

सम्बन्धित समाचार